Ox giving milk

हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकमा दुध दिने अचम्मको गोरु ।

हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकमा दुध दिने अचम्मको गोरु । सिन्धुपाल्चोक जिल्लाको एेतिहासिक महत्व बोकेको हेलम्बु गाउँपालिकामा अर्को एउटा अाश्चर्यजनक घटना देखा परेको छ । यस गाउँपालिकाको वडा नं ६ इचोक पुराना गाउँ स्थित सोनाम तामाङको घरमा रहेको गोरुले शहस्त्र धारा दुध अमृत समान स्वाद, रंग र स्वरुप एउटै भएको दिइ रहेको छ । हेलम्बु: गुरु रिन्पोछे र मिलारेपाको पवित्र तपोभुमि हो । पद्म सम्भवको चिरी गुम्बा निर्माण गर्दा बाैद्द निर्माणमा लाङधार्मी गोरुलाइ प्रयोग गरेको भन्ने किम्बदन्ती रहेको छ र हाल अाएर गोरुले दुध दिनुलाइ पद्म सम्भवको गुम्बा निर्माणमा प्रयोग भएको गोरुहरुसँग जोडिएको हुनसक्ने अाकलन गर्नेहरु पनि धेरै छन् ।हालै गाउँपालिका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पा स्वयं उक्त स्थानमा पुगेर दुध दोहिरहेको हेरी सकेपछि वहाले सो स्थानमा धार्मिक गुरुहरुको तपोवनका कारण यस गाउँपालिकामा यो असम्भव कुरा समेत सम्भव भएको हुनसक्ने बताउनु भयो । अध्यक्ष शेर्पाले यसरी दुध दिने उक्त गोरुको उचित संरक्षण गर्दै सोको जिम्मेवारी गाउँपालिकाले लिने र यसको अुसन्धानको कार्य अगाडी बढाउने तर्फ पहल गर्ने कुरा बताउनु भयो।

Posted by Helambu Rural Municipality – हेलम्बु गाउँपालिका on Friday, August 31, 2018

Your Videos Ox giving milk